९ कार्तिक २०८३, सोमबार

आयल निगम भन्छ– आईओसीले घटाए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य थप बढाउनुपर्ने अवस्था रहेको बताएको छ ।

निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहेकाले मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएका छन् ।

भारतीय आयल कर्पोरेसनले पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटाएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्याँस भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।

नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमको जिकिर छ । उनका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०।३५ रुपैयाँ, डिजेलमा ७।४४ रुपैयाँ घाटा छ । त्यस्तै एलपी ग्याँसमा प्रतिसिलिन्डर ७ सय ५८।२५ रुपैयाँ नोक्सानी छ ।