९ कार्तिक २०८३, सोमबार

पदबहाली गर्दै अध्यक्ष ओलीले भने– हामी संसद चल्न दिँदैनौं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने बताएका छन् ।

आज शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर बोलाइएको अधिवेशन चल्न नदिने संकेत गरेका हुन् ।

यद्यपि उनले संसद अधिवेशनबारे सरकारी पक्षको प्रस्तुतिलाई पनि निगरानी गरिरहेको बताएका छन् । ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन,’ ओलीले भने ।

तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।