
काठमाडौं, १७ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरूको अकर्मण्यताका कारण देशको समय बर्बाद पार्न नहुने बताएका छन् ।
हालै सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट अत्यधिक मत प्राप्त गरेर निर्वाचित भएका ओलीले पार्टी कार्यालयमा पदबहाली गर्दै सो कुरा बताएका हुन् । वर्तमान गठबन्धनबाट देश नचलिरहेको भन्दै ओलीले जतिसक्दो छिटो ताजा जनादेशमा गएर मुलुकको विकासलाई गति दिनुपर्ने बताएका छन् ।
वर्तमान सत्ता गठबन्धन अपवित्र रहेको भन्दै ओलीले यो गठबन्धनलाई लामो समय निरन्तरता दिन नहुने बताएका छन् । असंवैधानिक तवरबाट वर्तमान सरकार बनेकाले अहिले अदालतदेखि हरेक ठाउँमा विकृति र विसंगतीहरू देखा परेको ओलीको टिप्पणी छ ।
‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ उनले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’ अहिलेको सत्तारुढ गठबन्धन ताजा जनादेशमा जानबाट डराइरहेको ओलीको भनाइ छ ।















प्रतिक्रिया