९ कार्तिक २०८३, सोमबार

एमालेको महाधिवेशन हरेक कोणबाट सफल भएको छ : अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन हरेक कोणबाट सफलै सफल भएको बताएका छन् ।

निर्वाचित भएपछि आज शुक्रबार पार्टी कार्यालयमा आयोजित पदभार ग्रहणको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले लोकतान्त्रिक अभ्यास, सहमतिको अभ्यास, सर्वसहमतिको अभ्यास, निर्विकल्पको अभ्यासका कोणबाट पार्टीको महाधिवेशन सफल रहेको बताएका छन् ।

महाधिवेशनमा आफूहरुले अगाडि बढाएको हरेक अभ्यासहरूको परिणाम समेत राम्रो आएको ओलीको भनाइ छ । समग्रमा एमालेको दशौं महाधिवेशन ऐतिहासिक रहेको ओलीको टिप्पणी छ ।