
काठमाडौं, १७ मंसिर । रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २७ वर्षीय रामबहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगाबहादुर पुन छन् ।
उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलसहित बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रक्तचन्दनको तेल प्रतिलिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त तेल सहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया