२ कार्तिक २०८३, सोमबार

डब्बु र राजेन्द्रको ‘म तिम्रो पीपल’मा विश्व र समिराको रोमान्स

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । गीतकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत ‘म तिम्रो पीपल…’ को भिडियो यतिबेला दर्शकमाझ आएको छ ।

पछिल्लो समय क्षत्रीको नयाँ–नयाँ गीतहरु आइरहेका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतलाई राजेन्द्र बजगाईंले संगीत गरेका हुन् । गीतमा संगीत संयोजना पनि राजेन्द्र बजगाईंकै रहेको छ । म्युजिक किचनमा रेकर्ड गरिएको यो गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् ।

योगल स्वरमा रहेको यो आधुनिक प्रेम भावको गीतलाई गायक सविन सुवेदी र गायिका बिन्दू परियारले गाएका छन् । यी दुईको युगल स्वरमा गीत निकै मिठो बनेको छ ।

भिडियोलाई केशब राज भट्टले निर्देशन गरेका छन् । यो गीतको भिडियोबाट विश्व राजाले मोडलिङमा डेब्यु गरेका छन् । मोडल विश्व राजको जन्म दिनकै अवसर पारेर यो गीतको भिडियोलाई युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

भिडियोमा विश्व राजा र समिरा खड्काले अभिनय गरेका छन् । यी दुईको जोडी निकै आकर्षक देखिएको छ । गीतको भावलाई यी दुईले अभिनयबाट सार्थक तुल्याएका छन् ।

यो गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन् । जसमा बुद्ध थापाको छायाङ्कन दिनशन शाहको सम्पादन रहेको छ । भिडियोलाई उमेश भण्डारीले निर्माण गरेका हुन् ।