
काठमाडौं, १७ मंसिर । कोरोनाका कारण स्थगित भएका सौदर्य प्रतियोगिता अहिले धमाधम शुरू हुन थालेका छन् ।
यस्तै युवाहरूको सहभागीता रहने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता ‘मिष्टर नेपाल’ पनि आयोजना हुने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन समेत खुल्ला गरेको छ ।
नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तिमा १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि शुरू हँुदैछ । यो वर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौदर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।
‘मिष्टर वल्र्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगितालाई थप उचाही दिने उद्देश्यका साथ आफूले ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगिता बिगतको भन्दा अझ भब्य बनाउन आफू लागि परेको उनले सुनाए । ‘यो वर्ष मिष्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिता भन्दा भब्य हुने छ,’ धमलाले भने ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिष्टर वल्र्ड २०२२’ मा सहभागिताको अवसरको अलवा बिभिन्न उपहार समेत हात पार्नेछन् । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइने बताइएको छ ।
प्रतियोगितामा नेपालको आन्तरिक प्रर्यटनको विकाशका लागि समेत बिभिन्न गतिविधि सञ्चालन हुने आयोजले जनाएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।
प्रतियोगितामा सहभागिताको लागि आवेदन फर्म नेक्स्ट मोडल्स नेपालको आधिकारिक वेभसाइट तथा इ–सेवाबाट समेत प्राप्त गर्न सकिने छ ।















प्रतिक्रिया