८ कार्तिक २०८३, आइतबार

आज ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । आज विश्वभर विभिन्न कार्यक्रमका साथ ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ ।

‘समावेशी, सुलभ र दीगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइन लागिएको हो ।

नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।

अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।

विकासोन्मुख देशमा ८० प्रतिशत जनसङ्ख्यामा अपाङ्गता भएको पाइएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ । नेपालमा कति अपाङ्गता भएका व्यक्तिको यकिन तथ्याङ्क छैन ।