२ कार्तिक २०८३, सोमबार

प्रेम परियार र प्रियारानी लामाको ‘यो मुटु त तिम्रै हो’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारले १० बर्षपछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ‘यो मुटु त तिम्रै हो’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।

यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनालसागै प्रियारानी लामाको अभिनय छ ।

मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफूलाई सक्रिय बनाउँदै छिन् । म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ ।

राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् ।