आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

युनाइटेडले आर्सनललाई हरायो, रोनाल्डोले पूरा गरे ८०० गोल

दैनिक नेपाल २०७८ मंसिर १७ गते ८:५५

काठमाडौं, १७ मंसिर । जारी प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आर्सनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले जित हात पारेको हो । रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाएका थिए ।

उक्त गोलसँगै रोनाल्डोको फुटबल करियरमा गोल संख्या ८०० पुगेको छ ।

त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाए पनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो । तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३–२ ले विजयी भयो ।

प्रतिक्रिया
सम्बन्धित