३ कार्तिक २०८३, मंगलबार

दिल्लीमा अनिश्चितकालका लागि सबै विद्यालय बन्द

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । वायु प्रदुषणका कारण भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

बालबालिकाहरुको भौतिक रुपमै उपस्थित भएर विद्यालय सञ्चालन भइरहेकोमा चर्को विरोध भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । -एजेन्सी