
काठमाडौं, १६ मंसिर । दक्षिण अफ्रिकामा कोरोना भाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ ।
सोमवारयता मात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन् ।
यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट चाहिँ छैन । विगत २४ घन्टामा मात्रै ८ हजार ५०० नयाँ सङक्रमित फेला परेका छन् ।
अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको हो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ ।
ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ ।















प्रतिक्रिया