९ कार्तिक २०८३, सोमबार

कांग्रेस बागमतीको नेतृत्वका लागि केसी, बानियाँ र प्रधानबीच प्रतिस्पर्धा हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । आजदेखि शुरू हुने नेपाली कांग्रेसको प्रादेशिक अधिवेशनअन्तर्गत बागमती प्रदेश नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

प्रदेशको नेतृत्वका लागि जगदिश्वरनरसिंह केसी, इन्द्र बानियाँ र भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुन लागेको हो । कांग्रेसको तीन गुटबाट तीनजना उम्मेदवार हुने भएका हुन् ।

संस्थापन पक्षले पूर्व गृहराज्यमन्त्री बानियाँलाई अघि सारेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व रक्षामन्त्री भीनसेनदास प्रधानलाई सभापतिका रुपमा अगाडि सारेका छन् भने संस्थापन इतरको पौडेल–कोइराला खेमाले निवर्तमान नुवाकोट सभापति केसीलाई अघि सारेको हो ।