
दोलखा, १६ मंसिर । प्रहरीले भरुवा बन्दुकसहित जिरीबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिरी नगरपालिका–३ काप्साका ४९ वर्षीय रामबहादुर बस्नेत छन् । उनलाई १ थान भरुवा बन्दुकसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ घरपरिवारसँग झै–झगडा गरेको प्रहरीले बताएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया