८ कार्तिक २०८३, आइतबार

फेरि पनि अध्यादेशबाटै मुलुक सञ्चालन, राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा वुधबार राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।

त्यस्तै, तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश पनि जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यिनै अध्यादेश ल्याउँदा अहिलेको सरकारको नेतृत्व गरिरहेको काँग्रेस, माओवादी लगायत दलहरुले विरोध गरेका थिए । तर अहिले यो सरकारले पनि अध्यादेशबाटै देश चलाउन खोजेको विश्लेषकहरु बताउँछन् ।