८ कार्तिक २०८३, आइतबार

राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार छः ईश्वर पोखरेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतलाई बिर्सिएर आगामी दिनमा जनताको हित र समृद्धिका लागि अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको बताए ।

राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी सामाजिक सद्भाव कायम गर्ने, समाजमा देखा परेको अराजकतालाई अन्त्य गर्ने उद्देश्यका खातिर सुदृढ हुन चाहन्छौं ।’

उनले पार्टी अलग भए पनि देश बनाउन सबै लाग्नुपर्ने बताए । उनले भने, ‘आन्तरिक विषयमा विचार एक नहुन सक्छ, एक ठाउँमा उभिएका नहुन सक्छौं तर हाम्रो गन्तव्य एउटै हुनुपर्छ ।’