
चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्ष तथा उपाध्यक्षमा पराजित भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् ।
केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरेर रावल तथा १२६५ मत ल्याएर भुसाल निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले घोषणा गरेका छन् ।
रावलले अध्यक्षमा भने २२३ मत प्राप्त गरेका थिए भने भुसालले ७२५ मत ल्याएका थिए ।












प्रतिक्रिया