९ कार्तिक २०८३, सोमबार

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सर्वाधिक मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् ।

उनले १ हजार ९७६ मत प्राप्त गरेकी छिन् । ६ जना उपाध्यक्षको सिटमा घनश्याम भुसालसहित ७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये सबैभन्दा कम मत प्राप्त गरेका घनश्याम भुसाल पराजित भएका छन् भने अरु ६ जना विजयस् भएका छन् ।

भुसालले ७२५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षका प्रतिस्पर्धीमध्ये विजयी उम्मेदवारहरू विष्णु पौडेलले १ हजार ९२५, सुरेन्द्र पाण्डेले १ हजार ८५६, सुवास नेम्वाङले १ हजार ८६५, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापाले १ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् ।