
काठमाडौँ, १४ मंसिर । अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद भएको छ ।
खाडी मुलुकबाट फर्किनहरुले बाला बनाएर ल्याएको २१ किलो सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।
विमानस्थल भन्सार कार्यालयका अनुसार ४१५ जनाबाट २१ किलो परिणामको काँचो सुन बालाको स्वरुपमा बरामद भएको हो ।
काँचो सुन ल्याएकाले १ सय ९५ जनाले महसुल तिरेर आफ्नो सुन लगेको बताइएको छ ।
भन्सार कार्यालयले ५० ग्रामसम्मको सुनको नेपाली स्वरुपको गहना बनाएर ल्याउन कुनै रोक लगाएको छैन । तर ५० देखि थप २०० ग्राममा भने महसुल तिर्नु पर्ने हुन्छ ।
तर विमानस्थलमा विदेशबाट फर्कनेहरुलाई भरिया बनाएर तस्करहरुले यसरी सुन ल्याउन गरेको भन्दै कार्यालयले चेकजाँचमा कडाइ गर्ने गरेको छ ।












प्रतिक्रिया