शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

दैनिक नेपाल २०७८ मंसिर १४ गते १२:३०

धनगढी, १४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

धनगढी विमानस्थलको हिजो सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन् ।

धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ । यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कूल ८३ बिघा मात्रै जग्गा छ ।

क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न थालिएको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित