९ कार्तिक २०८३, सोमबार

एमालेको दशौं राष्ट्रिय महाधिवेशन : मतदान सकियो, कतिबेला आउँछ नतिजा ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान भर्खरै सम्पन्न भएको छ ।

मंगलबार बिहान ४ बजेदेखि शुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । एमालेमा सर्वसम्मतिको प्रयासबाबजुद अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान गरिएको हो ।

२ हजार १५३ जना प्रतिनिधि सहभागी भए पनि नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार ११४ मत खसेको छ ।

मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने बताइएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन गत शुक्रबारबाट शुरू भएको हो ।