बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पिएसजीका खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर रहने

दैनिक नेपाल २०७८ मंसिर १४ गते १०:३३

लण्डन, १४ मंसिर । पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर हुने भएका छन् ।

गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएपछि उनी खेल्न नसक्ने भएका हुन् । पिएसजीले उनी कम्तीमा ८ हप्ता मैदान बाहिर रहने जनाएको छ ।

२९ वर्षका ब्राजिलियन नेइमारलाई आइतबार राति लिग वान अन्तर्गत भएको खेलको अन्तिम समयतिर स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।

नेइमारले अब लिग वानका सात तथा च्याम्पियन्स लिगमा एक खेल गुमाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित