शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमाले महाधिवेशनमा ५०० भन्दा बढी मतदान हुन बाँकी, परिणाम आजै आउने

दैनिक नेपाल २०७८ मंसिर १४ गते १०:२४

सौराहा, १४ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले चितवनको सौराहमा मतदान गर्ने क्रम जारी छ ।

सौराहस्थित सेभेन स्टार होटेल परिसरमा विद्युतीय माध्यमबाट महाधिवेशन प्रतिनिधिहररूले मतदान गरिरहेका छन् । मंगलबार बिहान ९ बजेसम्म करिब एक हजार ६०० जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार अझै ५०० बढीले मतदान गर्न बाँकी छ । एमाले महाधिवेशनमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।

मतदानलगत्तै मतगनणा कार्य अघि बढ्ने निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिएका छन् । उनले आजै मतदानको परिणाम सार्वजनिक गर्दै महाधिवेशनको विधिवत समापन गरिने दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित