८ कार्तिक २०८३, आइतबार

कपिलवस्तु कांग्रेसको सभापतिमा पौडेल समूहका खाँ निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तौलिहवा, १४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुलकलाम खाँ निर्वाचित भएका छन् ।

मंगलबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार खाँले ९ सय २८ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित खाँ नेता रामचन्द्र पौडेल समूह निकटका हुन् ।

सभापतिका उम्मेदवार राजेश आचार्य पराजित भएका छन् । आचार्यले ८ सय १९ मत ल्याएका थिए । आचार्यलाई सभापति शेरबहादुर देउवा समूहको समर्थन थियो ।

उप–सभापतिमा रजत आचार्य र हुमाकान्त खनाल विजयी भएका छन् ।

सचिवमा खोमसिंह ठकुरी र प्रेम रायमाझी निर्वाचित भएका छन् । सह–सचिवमा मोहम्मद वजिह अरसद र वीरेन्द्र शुक्ला निर्वाचित भएका छन् ।