बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

कांग्रेस ५३ मध्ये २८ जिल्लामा देउवा एक्लैले जिते, पौडेल समूहका सभापति कति ?

दैनिक नेपाल २०७८ मंसिर १४ गते ७:१४

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला अधिवेशनहरूमा ठाउँ–ठाउँमा एक्लै गोल हानिदिएका छन् ।

५३ जिल्लामा जिल्ला अधिवेशन भइसकेका छन् । ५३ मध्ये देउवा एक्लैले २८ जिल्लामा गोल हानेर आफ्नो पकड देखाइदिएका छन् । पौडेल समूहले २३ जिल्लामा सभापति जितेका छन् । पौडेल समूहमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला छन् ।

दुइटा जिल्लामध्ये एउटामा नेता कृष्णप्रसाद सिटौला समर्थक सभापतिले जितेका छन् । एउटा जिल्लाको सभापति कतै पनि खुलेका छैनन् ।

सभापति देउवाले निकटको समूहबाट लमजुङका सभापति टकराज गुरूङ, सल्यानका सभापति केशवबहादुर विष्ट, डोल्पाका सभापति दीपेन्द्रबहादुर शाही, डडेल्धुराका सभापति भीमबहादुर साउद, म्याग्दीका सभापति खमबहादुर गर्बुजा, रूकुमपूर्वका सभापति केशरमान रोका, ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, मुगु, सभापति ऐनबहादुर शाही, पाँचथरका सभापति रूपनारायण जवेगु, मनाङका सभापति शंकर गुरूङ, हुम्लाका सभापति मोहनविक्रम सिंह, बझाङका सभापति खड्क बोहरा, रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’, जुम्लाका सभापति कर्णबहादुर शाही रहेका छन् ।

डोटीका सभापति नरेन्द्रबहादुर सिंह, रूकुम पश्चिमका सभापति प्रेमप्रकाश वली, ओखलढुंगाका सभापति तेजन खनाल ‘तेजेन्द्र’, पर्वतका सभापति युवराज जोशी, इलाम, सभापतिका डम्बरबहादुर खड्का, सुर्खेतका सभापति खड्ग पोखरेल, रूपन्देहीका सभापति रामकृष्ण खाण, कास्कीका सभापति किशोरदत्त बराल, काभ्रेका सभापति तीर्थ लामा, तनहुँका सभापति जितप्रकाश आले, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, कञ्चनपुर, सभापति पदम बोगटी, नुवाकोटका सभापति रमेश महत देउवा समूहबाट सभापतिमा जितेका छन् ।

नेता रामचन्द्र पौडेलको समूहबाट प्यूठानका सभापति विष्णुकुमार गिरी, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, रोल्पाका सभापति किशोर आचार्य, बैतडीका सभापति चतुरबहादुर चन्द, दोलखाका सभापति बर्मा लामा, गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, कालिकोटका सभापति अम्बबहादुर शाही, संखुवासभा, सभापति दीपक खड्का, मुस्ताङका सभापति रोमीगौचन थकाली रहेका छन् ।

भोजपुरका सभापति विनोद वान्तवा, बाजुराका सभापति रामसिंह रावल, तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे, नवलपरासी पश्चिमका सभापति अर्जुनकुमार पोखरेल, पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, स्याङ्जाका सभापति राजु थापा, खोटाङका सभापति विष्णुकुमार राई, दार्चुलाका सभापति ललितसिंह बोहरा, दाङका सभापति शंकरप्रसाद डाँगी, दैलेखका सभापति मणिराम रेग्मी, गुल्मीका सभापति खिलध्वज पन्थी, काठमाडौंका सभापति कृष्णसबुज बानियाँ, धादिङका सभापति रामनाथ अधिकारी, सुनसरीका सभापति केदार भण्डारी पौडेल समूहका रहेका छन् ।

नेता कृष्णप्रसाद सिटौला समूहले झापा जिल्लामा सभापति जितेको छ । झापा कांग्रेसको सभापतिमा देउमान थेबे निर्वाचित भएका छन् ।

जाजरकोट जिल्लाका सभापति बेदराज सिंह कतै पनि खुलेका छैनन् । सिंह सभापति शेरबहादुर देउवातिर खुल्न सक्ने चर्चा छ । प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत अब २४ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित