मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

एमाले महाधिवेशनः यी पदमा भए सर्वसम्मत नेतृत्व चयन

दैनिक नेपाल २०७८ मंसिर १३ गते २३:१४

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको जारी दशौँ महाधिवेशनाम वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको छ ।

विधानमा व्यवस्था भएअनुसार संख्यामा उम्मेदवारी परेपछि ति पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव पदमा सर्वसम्मत भएको हो । यस्तै, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खुला केन्द्रीय सदस्य र महिला सदस्यमा सर्वसम्मत भएको छ ।

यस्तै, सुदूरपश्चिमको खुला केन्द्रीय सदस्य, उपत्यका विशेषको खुला र महिला एक÷एक सदस्य पदमा पनि सर्वसम्मत भएको छ । सम्पर्क समन्वयतर्फ खुला १ र महिला १ पदमा पनि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, समावेशीतर्फ आदिवासी जनजाति खुलातर्फ १७, महिलातर्फ ८, मधेसी खुलातर्फ १३ र महिलातर्फ ६, दलित महिलातर्फ ४, थारु महिलातर्फ २, मुस्लिम खुलातर्फ ४, मुस्लिम महिलातर्फ २, श्रमिक खुलातर्फ ४ र श्रमिक महिलातर्फ २, पिछडिएको क्षेत्र महिलातर्फ १, खुला महिलातर्फ ५३, केन्द्रीय निर्वाचन आयोगमा २५ (पदाधिकारीसहित), केन्द्रीय लेखा आयोग २५ (पदाधिकारीसहित) सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित