१९ कार्तिक २०८३, बिहिबार

म्याग्दीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १३ मंसिर । म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सदरमुकाम बेनीबाट रघुगंगा बेगखोलातर्फ जाँदै गरेको ग १ ज ७२ ५२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा र थप एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

जीप चिलाउने खर्कमा दुर्घटना भएको हो । दुर्घटनामा खिमनाथ शर्मा, गौमाया विक, खिमु पुन र जीपचालक दुतबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपका चालकसहित ५ जनालाई उपचारका लागि लगिएको बताइएको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको बताइएको छ । जीप सडकबाट ५० मिटर तल खसेको थियो ।