शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

करणी मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै २० लाख ठगी गरेको अभियोगमा पक्राउ

दैनिक नेपाल २०७८ मंसिर १३ गते १७:२०

सांकेतिक तस्वीर

काठमाडौँ, १३ मंसिर । जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराई दिन्छौँ भनि प्रतिवादीकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिई ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।

रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल छन् उनले न्यायाधीश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई थुनामा रहेका तपाईँको श्रीमानलाई धरौटीमा छुटाई दिने र सेटिङ गर्नको लागि खर्च लाग्छ भने अनुसारको रकम दिँदै जानु भनि प्रतिवादीकी श्रीमतीलाई विश्वास दिलाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित