शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘मिस युनिभर्स’मा भाग लिन सुजिता इजरायल उडिन्

दैनिक नेपाल २०७८ मंसिर १३ गते ११:२९

काठमाडौंं, १३ मंसिर । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छिन् ।

७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन बिमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायत टीमले शुभकामनासहित उनलाई बिदाई गरेका थिए ।

इरजायल उड्नुअघि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफु सहभागी हुन लागेको बताइन् ।

गत महिना राजधानी काठमाडौंको होटेल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित बिभिन्न तयारी गरेकी छन् ।

‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगीतामा ७० बढी देशमा सुन्दरीहरुको सहभागीता रहने छ ।

प्रतिक्रिया
सम्बन्धित