शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अध्यक्ष ओलीले बन्दसत्रमा पेश गरे ३०१ केन्द्रीय सदस्यको नाम

दैनिक नेपाल २०७८ मंसिर १३ गते १:१९

चितवन, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

उनले मध्यरातमा सुरु भएको बन्दसत्रमा सहमतिका लागि केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् । ३०० जनाको नाम पढेपछि उनले भने, म चाहिँ छुटेँ, के गरौं । म पनि केन्द्रिय कमिटीमा पर्छु होला ?’

अध्यक्ष ओलीले केही छुटेका तथा नयाँलाई थप्ने बताए । त्यस्तै, उनले नाममा चित्त नबुझेमा उम्मेदवारी दर्ता गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित