१ कार्तिक २०८३, आइतबार

एमाले महाधिवेशनः अध्यक्ष मण्डलको बैठक जारी, प्रतिनिधिहरु नेतालाई कुर्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन आइतबार नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।

अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र बस्ने बताइएको छ । विहानै हुने भनिएकाे बन्दसत्र राती पाैने १२ बजेसम्म पनि सुरु भएकाे छैन । यद्यपि सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका नेताहरुले त्यसैलाई मूर्तरुप दिन लागेका हुन् ।

अहिले बैठक चलिरहँदा यता महाधिवेशन प्रतिनिधिहरु भने बन्दसत्र हलमा शीर्ष नेताहरुलाई कुर्दै बसिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरु लगायतको नामावली तयार गरेका छन् ।