१ कार्तिक २०८३, आइतबार

एमाले महाधिवेशनः बन्द सत्र साँझ ७ बजेदेखि, सहमतिमै नेतृत्व चयनको तयारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ मंसिर । नेकपा एमालेको बन्द सत्र साँझ सुरु हुने भएको छ ।

आइतबार विहानैदेखि सहमतिमै नेतृत्व चयनको कसरतमा नेताहरु लागेकाले ढिलो भएको बन्दसत्र साँझ ७ बजे सुरु हुने केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले जनाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किपछि नेता बाँस्कोटाले बन्द सत्र ७ बजे सुरु भएर केही बेरमै सकिने बताएका हुन् ।

त्यस्तै, पदाधिकारी र केन्द्री सदस्यहरूसहित नेतृत्व सहमतिमै टुंगिने उनले बताए ।