बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कास्की कांग्रेसको सभापतिमा बराल विजयी

दैनिक नेपाल २०७८ मंसिर १२ गते ८:२५

पोखरा, १२ मंसिर । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् ।

शनिबार भएको दोस्रो चरणको मतदानको गणनामा उनले प्रत्यासी सुदीपमोहन भट्टराईलाई ८० मतान्तरले पराजित गरेका हुन् । भट्टराई निवर्तमान जिल्ला सचिवसमेत हुन् ।

शुक्रवार सभापतिका ५ जना प्रत्यासीमध्ये वराल पहिलो र भट्टराई दोस्रो भएका थिए । पहिलो चरणमा ५० प्रतिशत मत कसैले पनि कटाउन नसकेका कारण शनिबार पुन मतदान भएको हो । मतदानमा बरालले ९९५ मत प्राप्त गरे भने भट्टराईले ९१५ मत ल्याए ।

शनिबार कुल २०८८ मध्ये १९२६ मत मात्र खसेको थियो । सभापतिमा निर्वाचित बराल सभापति शेरबहादुर देउवा समूहका हुन् । योसँगै कास्की कांग्रेसमा देउवा पक्षले उपस्थिति जनाएको छ ।

देउवाको लागि कमजोर र कांग्रेसमा देशकै कमजोर जिल्ला कास्कीमा देउवा समूहबाट सभापति हुनेमा बराल नै पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया
सम्बन्धित