शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ यात्रु घाइते

दैनिक नेपाल २०७८ मंसिर १२ गते ८:०८

जाजरकोट, १२ मंसिर । जाजरकोट जिल्लामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ याुत्र घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित