२ कार्तिक २०८३, सोमबार

आइसी डिजाइनर रनवे फेसन शो हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी पुस ९ गते आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्टले जनाएको छ ।

फेसन शोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ ।

होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८औं ब्याजका पास आउट विद्यार्थी हुन् ।

‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । बिगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष बिगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेनट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।