शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दाङ कांग्रेसको सभापतिमा पुनः मतदान हुने

दैनिक नेपाल २०७८ मंसिर १२ गते ७:३३

घोराही, १२ मंसिर । नेपाली कांग्रेस दाङको सभापतिमा पुनः मतदान हुने भएको छ ।

सभापतिका चार जना प्रतिस्पर्धी कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज (आइतबार) पुनः मतदान हुन लागेको हो ।

सभापतिमा भुपबहादुर डाँगीले ४०५, कमलकिशोर घिमिरेले २२२, जानकीलाल बस्नेतले ३२८ र शंकरप्रसाद डाँगीले ६५७ मत पाएका थिए ।

सभापतिको दोस्रो चरणमा हुने मतदानमा अब भुपबहादुर डाँगी र शंकरप्रसाद डाँगीबीच प्रतिस्पर्धा हुनेछ । सभापतिमा तेस्रो र चौथो मत पाएका जानकीलाल बस्नेत र कमलकिशोर घिमिरेको साथ जसलाई हुन्छ उसैले सभापति जित्नेछ ।

भुपबहादुर डाँगी सभापति शेरबहादुर देउवा र स्व.नेता खुमबहादुर खड्का निकटका उम्मेदवार हुन् ।

भुपबहादुरलाई लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका नेता अर्जुन श्रेष्ठ, केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, पूर्वसांसद सुशीला चौधरी, पूर्वसांसद राजु खनाल, स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्का, पूर्वसभापति गेहेन्द्र गिरीलगायतको समर्थन छ ।

शंकर डाँगी नेता रामचन्द्र पौडेल समूह निकटका नेता हुन् । शंकरलाई राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, केन्द्रीय सदस्य दीपक गिरी, पूर्वसभापति वीरेश्वरी गौतमको समर्थन छ ।

प्रतिक्रिया
सम्बन्धित