शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विश्वकपका लागि युरोपियन छनौटको प्लेअफको समूह विभाजन

दैनिक नेपाल २०७८ मंसिर ११ गते ११:०९

लण्डन, ११ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि युरोपियन छनौटको प्लेअफको समूह विभाजन भएको छ ।

शुक्रबार भएको समूह विभाजनमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह सी रहेका छन् । अब इटाली र पोर्चुगलमध्ये एक देशले मात्र कतार विश्वकप खेल्नेछ ।

प्लेअफको समूह सीमा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिमले समूहको फाइनलमा खेल्नेछन् । विजेताले विश्वकपका लागि कतारको टिकट काट्नेछ ।

प्लेअफको समूह एमा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छभने समूह बीमा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेको छ । विश्वकपका लागि युरोपबाट १० टिम छनोट भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित