शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एमालेको बन्द सत्रको हल अगाडि नारावाजी, निकटका नेताहरूसँग ओलीद्वारा परामर्श

दैनिक नेपाल २०७८ मंसिर ११ गते ११:०५

सौराह, ११ मंसिर । सहमतिमा नेतृत्व चयनको माग गरेर एमालेको दशौं महाधिवेशनका प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

शनिबार सौराहास्थित सेभेन स्टार होटल क्षेत्रमा आयोजना हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गरेका हुन् ।

प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्वका लागि दबाब दिँदै नाराबाजी गरेको जनाएका छन् । उनीहरूले नेतृत्व सर्वसम्मत हुनैपर्छ भन्दै नारा लगाएका छन् ।

बन्दसत्रमा २ हजार १ सय ७५ जना प्रतिनिधि हुनेछन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच, अध्यक्ष केपी ओलीले आफू निकटका नेताहरूसँग अलग्गै परामर्श गरेका छन् । नेता भीमबहादुर रावलले पनि आफू निकटका नेताहरूसँग परामर्शहरू गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित