लण्डन, ११ मंसिर । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको छ ।
विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन चिन्ताजनक भेरियन्ट समेत भनेको छ ।
बि १ १ ५२९ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोमिख बढी रहेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।
नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिर आएलगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।
अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने हवाई यात्रामाथि प्रतिबन्ध लगाउने भएको छ ।
भारतले समेत दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको कडा स्क्रिनिङ र परीक्षण गरिने बताएको छ । तर ओमिक्रोनको पहिचानपछि अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति दक्षिण अफ्रिकाले असहमति जनाएको छ ।















प्रतिक्रिया