४ मंसिर २०८३, शुक्रबार

एमालेद्वारा केन्द्रीय कमिटीमा पदाधिकारी थप गर्ने निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ११ मंसिर । एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी थप्ने निर्णय भएको छ । अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन् ।

सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन ओली पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन् ।

पदाधिकारी संख्यामा ८ जना उपाध्यक्ष र तीन जना उप–महासचिव राख्ने निर्णय गरिएको छ । स्थायी समिति सदस्य भने ४५ जना यथावत राखिएको छ । अध्यक्ष ओलीको प्रस्तावमा ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने पनि उल्लेख छ ।