८ कार्तिक २०८३, आइतबार

बाग्लुङ कांग्रेसबाट युवा नेता मगर लोकप्रिय मतसहित निर्वाचित

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, ९ मंसिर । नेपाली कांग्रेसका युवा नेता देवेन्द्रकुमार घर्ती मगर महाविधेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बाग्लुङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको बुधबार बेलुका प्राप्त अन्तिम परिणामअनुसार मगरले ४०३ मत पाएका हुन् । उनले लोकप्रिय मत पाएका छन् ।

७८८ मत खसेको थियो । युवा नेता मगरले आदिवासी जनजातितर्फ उम्मेदवारी दिएका थिए ।

आदिवासी जनजातिबाट दीपेन्द्र श्रेष्ठ ३७९ मतसहित निर्वाचित भएका छन् ।

चुडामणि छन्त्याल १७९, तेजेन्द्र पुन १७७ र सागर छन्त्यालले २९६ मतसहित पराजित भएको निर्वाचत समितिले जनाएको छ ।

महाविधेशन प्रतिनिधिमा निर्वाचित भएपछि युवा नेता मगरले मतदाता, कांग्रेसका नेता कार्यकर्ता र शभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

‘मलाई विश्वास गरेर आफ्नो मताधिकार प्रयोग गरि पार्टीको महाधिवेशन प्रतिनिधि जस्तो गरिमामय पदको जिम्मेवारी दिनुभएकोमा आदरणीय क्षेत्रीय प्रतिनिधि ज्यूहरू, वडा सभापतिहरू सबैलाई धन्यवाद छ’, उनले भनेका छन् ।

‘तपाईहरूले गरेको विश्वास कहिले कमी हुन दिनेछैन भनि प्रतिबद्धता व्यक्त गर्दछु’, युवा नेता मगरले भने, ‘मसँगै बिजेता भएका क्षेत्रीय सभापति जोकलाल बुढा लगायत कार्यसमितिका सबै साथीहरू, महाधिवेशन प्रतिनिधिमा विजेता सबै आदरणीय अग्रज नेताहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

कांग्रेसको महाधिवेशनमा निर्वाचित मगर नेपाल तरुण दल बाग्लुङको कोषाध्यक्ष समेत हुन् ।