शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री यान्डरसनले केही घण्टामै दिइन राजीनामा

दैनिक नेपाल २०७८ मंसिर ९ गते ११:०२

स्वीडेन, ९ मंसिर । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिएकी छिन् ।

यान्डरसन बुधबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिएकी हुन् । यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेको छैन ।

ग्रीन्सले उग्र दक्षिणपन्थीसँग मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिस गर्ने बताएकी छिन् ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीया सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएी थिइन् ।

संसद्का ३४९ जना सांसदमध्ये १७४ ले उनको विपक्षमा मत खसालेका थिए । उनलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित