बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रदीपको केन्द्रीय सदस्य पद गुम्यो, निरंकुश बने उपेन्द्र

दैनिक नेपाल २०७८ मंसिर ९ गते १०:४२

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभाका सांसद एवम् युवा नेता प्रदीप यादवलाई कारबाही गरेका छन् ।

अध्यक्ष उपेन्द्रले प्रदीपलाई केन्द्रीय सदस्यबाट हटाएका छन् । पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै प्रदीपलाई कारबाही गरिएको केन्द्रीय सदस्य प्रमोद साहले बताएका छन् ।

काठमाडौंमा सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई कमिटीबाट निष्कासन गरेको उनले बताए ।

यसअघि पार्टीले यादवलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री नबएको झोँकमा प्रदीप यादवले वीरगञ्जमा उपेन्द्र यादवविरुद्ध नारावाजी गर्नुका साथै पुत्ला जलाएका थिए ।

आफ्नो विरोध भएपछि उपेन्द्र यादवले प्रमोदलाई कारबाही गरेर रिस पोखेका छन् । उपेन्द्र यादव पार्टीभित्र निरंकुश मानन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित