४ मंसिर २०८३, शुक्रबार

कांग्रेस नेता प्रकाशमान सिंहका पीए काठमाडौंमा पराजित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका स्वकीय सचिव (पीए) यूपी लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

नेविसंघका पूर्वप्रवक्ता समेत रहेका लामिछानेलाई काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले पराजित गरेको हो । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कार्कीले सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समूहबाट उम्मेदवारी दिँदै छन् ।

५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । क्षेत्र नं. २ मा देउवा समूहले २२ जना महाधिवेशन प्रतिनिधि जितेको छ । प्रकाशमान सिंह समूहले प्रतिमा गौतम, दीपक कुइँकलसहित जम्मा ४ जना महाधिवेशन प्रतिनिधि जितेका छन् ।

कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंहका आफ्नै पीए लामछिाने महाविधेशन प्रतिनिधिमा नराम्रोसँग पराजित भएका छन् ।