८ कार्तिक २०८३, आइतबार

कोरोनाले ज्यान गुमाएका परिवारलाई नागरिक लगानी कोषले दियो एक करोड ६८ लाख

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । नागरिक लगानी कोषले कोरोना महामारीका कारण ज्यान गुमाएकाको परिवारका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कोषले कोरोनाका कारण ज्यान गुमाएका परिवारका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

कोषले २०७८ साउन ५ सम्म कोभिडबाट ज्यान गुमाएकाको परिवारलाई रकम उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचतवृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको कोषले जनाएको छ ।