शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एमालेको उद्घाटनका दिन चितवनमा सवारी साधन चल्न नदिइने

दैनिक नेपाल २०७८ मंसिर ८ गते ११:१२

भरतपुर, ८ मंसिर । एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी धमाधम भइरहेको छ ।

चितवनको नारायणी नदी किनारमा मंसिर १० गते अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घान गर्नेछन् ।

उद्घाटनको दिन सवारी आवागमनलाई लिएर विभिन्न तयारी भइरहेका छन् । चिवतनको स्थानीय प्रशासनले मंसिर १० गते दिनभरि सवारी आवागमन बन्द गर्ने तयारी गरेको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको सवारी पनि बन्द गर्ने तयारी छ ।

उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइनेछ । मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीलाई प्रवेशमा रोक लगाउने निर्णय भएको छ । एमालेले चितवनमा उद्घाटन सक्रका दिन १० समर्थक उतार्ने दाबी गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा रोकेर राख्ने बताएका छन् ।

पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने तामाङले बताए । काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारीमा रोकेर राखिनेछ ।

पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न दिइनेछैन । पूर्वी नेपालतर्फ आउ–जाउ गर्नेहरूले आँपटारी–बाइपास रोड हुँदै यात्रा गर्न सक्नेछन् ।

एमालेको उदघाटन समारोह साँझ ५ बजेसम्मै चल्ने अनुमान छ । नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुनेछ ।

चितवनको स्थानीय प्रशासनले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन अनुरोध गरेको छ ।

महाधिवेशनको उदघाटन समारोह नारायणगढ नदी किनारमा र बन्दसत्र सौराहामा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित