४ मंसिर २०८३, शुक्रबार

राखेपाका पूर्वउपाध्यक्ष टण्डी शेर्पाको निधन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष टेण्डी शेर्पा लामाको निधन भएको छ ।

नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको परिवारजनले जनाएका छन् ।

पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए । उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन् ।