४ मंसिर २०८३, शुक्रबार

माओवादीका विद्यार्थी नेता देवकोटाको दुर्घटनामा मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ८ मंसिर । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा मङ्गलवार भएको दुर्घटनामा मृत्यु भएको हो ।

डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।