मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

भिल्लारियालाई हराउँदै म्यानचेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

दैनिक नेपाल २०७८ मंसिर ८ गते ८:१९

लण्डन, ८ मंसिर । म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार रातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो ।

युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान समेत बनाएका छन् ।

९० औँ मिनेटमा जाडोन सान्चोले एक गोल थपे । समूह ‘एफ’ को शीर्षस्थानमा रहेको युनाइटेडले पाँच खेलबाट १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको भिल्लारियलको समान खेलमा ७ अंक छ ।

समूह ‘एफ’को अर्को खेलमा योङग ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टाको ६ र योङग ब्याइजको ४ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित