बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एमाले महाधिवेशनमा बढ्यो प्रतिनिधिको संख्या, कति पुग्यो ?

दैनिक नेपाल २०७८ मंसिर ७ गते २०:५२

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुको संख्या बढेको छ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले प्रतिनिधि संख्या बढाएर १९९९ भनिएकोमा २ हजार २ सय ७९ जना पुगेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।

उनले पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६८ जना रहेको बताए ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् । एमालेका अनुसार अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन् । त्यसमा मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने छन् ।

त्यस्तै, सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित